‘मिस्टर बिस्ट’ बन्यो सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल

काठमाडौं । ‘मिस्टर बिस्ट’ भारतीय टी सिरिजलाई पछी पार्दै सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल बनेको छ ।

मिस्टर बिस्टले विगत ६ बर्षदेखि सबैभन्दा बढी सब्सक्राइबर भएको टी सिरिजलाई पछी पारेको हो ।

अमेरिकी नागरिक जिम्मी डोनाल्सन मिस्टर बिस्टले सञ्चालन गर्दै आएको सो च्यानलमा आइतबारसम्म २६ करोड ६९ लाख बढी सब्क्राइबर पुगेको छ । टी-सिरिजमा २६ करोड ६७ लाख सब्सक्राइबर सहित दोश्रो स्थानमा छ ।

मिस्टर बिस्टले सामाजिक सञ्जाल एक्समा पोस्ट राखेर छ वर्षपछि ‘प्युडिपाईको बदला लियौं’ भनेका छन् । ६ वर्षअघि युट्युबमा सबैभन्दा पहिले १० करोड सब्सक्राइबर कुन च्यानलले पुर्‍याउँछ भन्ने होडबाजी नै चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here