सामान्य घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

फाइलफोटो

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ अर्थात हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । आज सामान्य घटेर प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा सीमित भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी बताएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here