युटीएलले १५ दिनभित्र ७ अर्ब रुपैयाँ बक्यौता तिर्नुपर्ने, नतिरेमा लाइसेन्स खारेज

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम (युटीएल)लाई झण्डै साढे ७ अर्ब रुपैयाँ बक्यौता तिर्न ताकेता गरेको छ। एनटिएले १५ दिनभित्र ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार रुपैयाँ बराबरको बक्यौता तिर्न भनेको हो ।

शुक्रबार प्राधिकरणले सूचना जारी गर्दै २०७३ भदौ २० गते आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिएको युनाइटेड टेलिकमले नवीकरण, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर गरेर साढे ७ अर्ब रुपैयाँ तिर्न पत्राचार गरेको हो।

यो दस्तुर २०८१ जेठसम्मको भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तोकेको अवधिमा बक्यौता भुक्तानी नगरेको अवस्थमा अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here