बालमन्दिर जग्गा हिनामिना प्रकरण: पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआई) ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको हो। बालबन्दिरको जग्गालाई सस्तो लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।

यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here