चन्द्रमामा पहिलो एआई सेल्फी, चीनको चाङ’ई-६ रोभरले रच्यो इतिहास

काठमाडौं । चन्द्रमामा गएको चिनियाँ चन्द्रयान चाङ्गइ ६ ले एआईको सहायताबाट सेल्फि खिचेको छ । मानव निर्मित वस्तु नपुगेको चन्द्रमाको भाग अन्वेषण गर्न गएको सो चन्द्रयानले त्यहाँ पुगेर सेल्फि खिचेको हो ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चाङ्गइ ६ चन्द्रयान गत १ जुनमा चन्द्रमाको सुदूर भागमा अवतरण गरेको थियो । अवतरणमा सफलता पाएपछि ल्यान्डरबाट उक्त रोभरलाई चन्द्र सतहमा नमूना सङ्कलन गर्न छोडिएको थियो ।

त्यसमा पनि सफलता पाएपछि चार पाङ्ग्रे उक्त रोभरले ल्यान्डरको तस्वीर खिचेको बताइएको छ । चाङ्गइ ६ मिसन अन्तर्गतको ल्यान्डर र चिनियाँ राष्ट्रिय झण्डाको ऐतिहासिक तस्वीर एआई प्रयोग गरिएको पाँच किलोग्राम तौलको मिनी रोभरले स्वचालित रूपमा काम गर्न सक्छ । रोभरले ल्यान्डरको उत्कृष्ट तस्वीर खिच्न आफैंले क्यामेरा एङ्गल पनि मिलाएको समेत बताइएको छ ।

चन्द्र यानमा एआई प्रयोग गरिएको यो पहिलो पटक हो । अब यो यान सङ्कलन गरेको नमूना बोकेर पृथ्वीमा फर्कने तयारीमा रहेको समेत सीएनएसएले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here