६९ जिल्लामा देखियो डेंगी, धेरै संक्रमित काठमाडौंमा

काठमाडौं । डेंगी रोगको संक्रमण ६९जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी रोगको संक्रमण पनि बढ्न थालेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार सन् २०२४ का महिनामा ६९ जिल्लामा डेंगी पुष्टी भई एक हजार १०५ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ ।

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगी पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगी पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगी पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगी पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here