फ्रेन्च ओपनको उपाधि पोल्यान्डकी इगा स्वाटिकलाई

एजेन्सी । फ्रेन्च ओपन महिला लन टेनिसको उपाधि पोल्यान्डकी इगा स्वाटिकले जितेकी छिन् । उनले इटालियन जस्मिन पाओलिनीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै शनिबार उपाधि कब्जा गरेकी हुन् । स्वाटिकले पछिल्ला पाँच फ्रेन्च ओपनमध्ये चारको उपाधि जितेकी छिन् ।

पछिल्लो १७ वर्षमा महिला वरीयताको नम्बर १ खेलाडी २३ वर्षीया स्वाटिक लगातार तेस्रोपल्ट फ्रेन्च ओपनको उपाधि जित्ने पहिलो खेलाडी पनि भएकी छिन् । उनी जति ग्रान्ड स्लामको फाइनल पुगेकी छिन्, त्यत्तिकै पटक विजयी रहेकी छिन् । उनको यो पाँचौ ग्रान्ड स्लाम उपाधि हो । स्वाटिकले सन् २०२२ मा यूएस ओपन पनि जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here