कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

काठमाडौं, २७ जेठ । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिदा दुई घन्टादेखि १४ वटा खच्चड फसेका छन् ।

आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जाली चुँडिदा खच्चड फसेका हुन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।

जीर्ण भएको पुलमा अछाम बाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिए। नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय श्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले बताए। उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here