सामुदायिक विद्यालयलाई भाडाका सटर खाली गराउन महानगरको ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटरहरु खाली गर्न निर्देशन दिएको हो ।

सात दिनभित्र व्यवसायिक प्रयोजनका सटरहरु खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।अनुगनका क्रममा महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए ।

उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए ।

सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरूका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here