नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले उक/एक अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो ।

नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । रंगशालामा बाक्लो संख्यामा उपस्थित र टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक निराश बनेका छन् । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here