अष्ट्रेलिया सुपर-८ मा पुग्ने पहिलो टिम, नामिबिया ९ विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ ।

७३ रनको लक्ष्य अष्ट्रेलियाले ५ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाका लागि नटआउट रहँदै ट्रभिस हेडले ३४ र माइकल मार्सले १८ रन बनाए । डेभिड वार्नरले २० रन बनाए । नामिबियाका लागि डेभिड वाइसले १ विकेट लिए । लगातार तेस्रो जितले समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा पुगेको छ । यो जितपछि अष्ट्रेलियाको तीन खेलबाट ६ अंक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here