दीपेन्द्रसिंह ऐरीको वरीयता खस्कियो, रोहित पौडेलको सुधार

काठमाडौं । नेपालका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ भने कप्तान रोहित पौडेलको सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी– २० वरीयतामा ऐरी एक स्थान खस्किएर ५२ स्थानमा पुगेका छन् । तर उनले अलराउन्डरतर्फ भने थप सुधार गरेका छन् ।

उनी टप टेनभित्र वरीयतामा रहेका एक मात्र नेपाली खेलाडी हुन् । उनी टी– २० अलराउन्डर वरीयतामा एक स्थान सुधार गरेर नवौं स्थानमा आइपुगेका छन् ।

यस्तै, कप्तान रोहित पौडेलले टी– २० ब्याटरको वरीयतामा सुधार गरेका छन् । उनी दुई स्थान सुधार गरेर ५५औं स्थानमा छन् भने ओपनर आसिफ शेखले पनि एक स्थानको सुधार गरी ९० औं स्थानमा आएका छन् ।

यस्तै, अलराउन्डरतर्फ कुशल मल्ल यथावत् ३५औं स्थानमा छन् भने गुल्सन झा एक स्थान खस्केर ६२औं स्थानमा आइपुगेका छन् । कप्तान रोहित एक स्थान सुधार गरेर ६६औं र करण केसी पनि एक स्थान सुधार गरी ६९औं स्थानमा आएका छन् ।

टी– २० बलिङतर्फ नेपालका एक मात्र खेलाडी १०० भित्र अटाएका छन् । सोमपाल कामी ४ स्थान खस्किएर ९९औँ स्थानमा पुगेका छन् ।

टी–२० वरीयताको ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।

टी–२० वरीयताको बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिद शीर्ष स्थानमा यथावत् छन् । यस्तै अफगानिस्तानका रशिद खान र दक्षिण अफ्रिकाका एनरिच नोर्टजे समान चार स्थान सुधार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा आइपुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here