रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु, दुई घाइते

रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै लु२च ८५३१ नम्बरको कार गएराति बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कार सडकबाट एक सय मिटर तल खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here