साधना र सबैको लघुवित्त मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति, हैसियत समान

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था बीच मर्ज भई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।

दुई लघुवित्तलाई एक आपसमा गाभिन राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकले दुई लघुवित्त मर्ज भई साधना लघुवित्तको नामबाट एकीकृत कारोबार गर्न अनुमति दिएको हो ।

राष्ट्र बैंकको अनुमति पाएसँगै अब दुई लघुवित्तले चाँडै नै एकीकृत कारोबार सुरु गर्नेछन् । दुई लघुवित्त बीच वैशाख १२ गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो भने गत भदौ १५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।

दुई लघुवित्त समान हैसियत अर्थात १ः१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । हाल साधनाको चुक्ता पूँजी ३८ करोड २२ लाख रुपैयाँ र सबैको लघुवित्तको ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकीकृत चुक्ता पूँजी ७० करोड ८ लाख रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here