युट्युबले ल्यायो नयाँ फिचर

काठमाडौं । युट्युबले आफ्ना क्रियटरहरुका लागि नयाँ फिचर थप गरेको छ । अब उनीहरुले आफ्नो युट्युव भिडियोमा एकभन्दा बढी थम्ब्नेल राख्न सक्नेछन् ।

कम्पनीले युट्यब क्रियटरहरूलाई लक्षित गदै ​ल्याएको टुल प्रयोग गरेर आफ्नो भिडिओमा तीन ओटासम्म थम्ब्नेल राख्न सक्नेछन् । साथै तीन ओटै थम्बनेलको भ्युज क्रियटरले हेर्न सक्छन् ।

यो फिचर अहिले केही क्रियटरले मात्र प्रयोग गर्न मिल्ने गरि बनाइएको छ । यस टुलले राम्रो थम्ब्नेल सुझाव दिन्छ । क्रियटरले ती तीन थम्ब्नेलमध्ये भिडिओमा कुन राख्ने भनेर प्रयोगकर्ता आफैंले छान्नुपर्ने छ । गत जुन महिनामा नै घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here