सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु नै मेरा लागि महत्त्वपूर्ण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् ।

फिफा विश्वकप २०२६-एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रङ्गशालामा गत मंगलवार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here