टी-२० विश्वकप: श्रीलंका बाहिरियो, बंगलादेशको सुपर–८ सम्भावना बलियो

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बंगलादेशले दोस्रो जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ ।

बंगलादेशको जितपछि श्रीलंका एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंकसहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here