कारसँग ठोक्किएपछी बस त्रिशूली नदीमा, १२ जना यात्रु घाइते

काठमाडौं । पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएपछी बस त्रिशूली नदीमा खसेको छ।

चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान भे १ ख ४०६२ नम्बरको बस बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो।

बस नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको अवस्थमा विपरीत दिशाबाट आइरहेको कारसँग ठोकिएको हो ।

दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here