१ दर्जन वाणिज्य बैंकले घटाए ब्याजदर, ५ वटाको पुरानै यथावत्

काठमाडौं । असारका लागि अधिकांश बाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ वटा वाणिज्य बैंकले जेठको तुलनामा असारमा ब्याज घटाएका छन् भने २ वटाले बढाएका छन्। बाँकी ५ वटा बैंकले भने पुरानै ब्याज यथावत् राखेका छन्।

जेठकोे तुलनामा असारमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.१२ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.१६ प्रतिशत बिन्दुले घटाएका छन् ।

जेठमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ७ प्रतिशत रहेकोमा असारमा घटेर ६.८८ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर जेठमा ५.८३ प्रतिशत रहेकोमा असारमा ५.६७ प्रतिशतमा झरेको छ ।

असारका लागि ११ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जसमा ग्लोबल आइएमईले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ । त्यस्तै, एभरेष्टले व्यक्तिगतको ०.७५ प्रतिशत बिन्दु, कुमारी र लक्ष्मी सनराइजले ०.५० प्रतिशत बिन्दुले घटाएका छन् ।

त्यस्तै, प्राइम कमर्शियल, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, एनएमबी, सानिमा, सिटिजन्स र नेपाल एसबीआई बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।

असारका लागि हिमालयन बैंकले व्यक्तिगत तर्फ सर्वाधिक ०.७५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । हिमालयनले संस्थागत तर्फ पनि सर्वाधिक ०.५० प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । त्यस्तै, माछापुच्छ्रे र नबिल बैंकले समान ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।

असारमा सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल र कृषि विकास बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असारमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.५८ प्रतिशतसम्म फरक भएको छ । हिमालयनले सर्वाधिक ८.२५ प्रतिशत र कृषि विकासले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार नवौं महिना हो ।

असारमा सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल र कृषि विकास बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here