युरोकप: स्कटल्यान्डको पोस्टमा जर्मनीको पाँच गोल

काठमाडौं । युरो–२०२४ को पहिलो खेलमा स्कटल्यान्डविरुद्ध जर्मनीले ५–१ को फराकिलो जित निकालेको छ । शुक्रबार एलियन्ज एरिनामा भएको खेलमा जर्मनीलाई जित दिलाउन फ्लोरियन विर्ट्ज, जमल मुसियाला, काई हाभार्ट्ज, निकोलस फुलक्रुग र एमरे क्यानले गोल गरे ।

स्कटल्यान्डले जर्मनीकै एन्टोनियो रुडिगरबाट आत्मघाति गोल उपहार पाएको थियो । जितसँगै जर्मनीले समूह ‘ए’ मा तीन अंक जोडेको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको स्टकल्यान्ड तालिकाको पुछारमा छ । यो समूहमा जर्मनी र स्कटल्यान्डसँगै हंगेरी र स्वीट्जरल्यान्ड छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here