मनकामना केबलकार असोज १० गतेसम्म बन्द हुने

काठमाडौं । मनकामना केबलकार ५० दिनको लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भार गर्नु भएकाले ५० दिनको लागि बन्द गर्नुपरेको जनाइएको छ ।

मनकामना केबलकारको डिजिटल प्रणाली स्तरन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गतेदेखि असोज १० गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केबलकारले आज शुक्रबार एक सूचना जारी गर्दै एक महिना अगाडी नै सुचना निकालेर यात्रुलाई अबगत गराएको हो ।

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ ।

मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई मध्येनजर गर्दै १ महिना अगाडी सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । साथै दर्शनर्थीलाई परेको असुबिधा प्रति क्षमायोचना समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here