नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित, ‘सुपर- ८’ को दौडबाट बाहिरियो

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना सकिएको छ।

शनिबार बिहान भएको समुह डी को खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो।

नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here