काठमाडौंको तापक्रम ३५.३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं शनिबार (आज) अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ ।

यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here