स्कटल्याण्ड अष्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्ड ‘सुपर ८’ मा

काठमाडौं । टी–२० विश्वकपमा अष्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ्ग गर्दै स्कटल्याण्डले ५ विकेटको क्षतिमा १८० रन बनायो । ब्रान्डन म्याककुलेनले ३४ बलमा ६० तथा कप्तान रिच्चि बेरिङटनले ३१ बलमा ४२ रन बनाए । ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ट्राभिस हेडले ४९ बलमा ६८ रन बनाए भने मार्कस स्टोइनिसले २९ बलमा ५९ रन जोडे । यो समूहबाट अष्ट्रेलिया र इङ्गल्याण्डमा सुपर एटमा पुग्दा स्कटल्याण्डसँगै नामिबिया र ओमान बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here