प्रतितोला २०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, १० असोज । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ७० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

विहिवार ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार २ सय रुपैयाँले कमी आएको हो ।

तेजावी सुनको मूल्यमा पनि २ सय रुपैयाँले कमी आएको छ । विहिवार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रवार ७० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । विहिवार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here