प्रतितोला १६ सयले बढ्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको भाउ तोलाको १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

गत शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढ्दै प्रतितोला १८ सय २० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला १८ सयमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here