सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ । एनटीएले एक सूचना जारी गर्दै तोकिएको समयावधिभित्र नवीकरण नगर्ने कम्पनीको लाइसेन्स रद्द भएको जानकारी दिएको हो ।

मोरङको वशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेसन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको यस नेट प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालि कम्पनीको लाइसेन्स खारेज भएको छ ।

एनटीएले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम नवीकरण गर्न तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकाले लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको हो ।

त्यस्तै प्रदायकले बुझाउन बाँकी रकम एक महिनाभित्र तिर्न पनि निर्देशन दिइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here