काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।

कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरिएको हो ।

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले चक्रपथभित्रका कवाड हटाउने निर्णय गरिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् ।

काठमाडौं महानगरले अदालतको आदेश समेत नमानेको भन्दै कवाड व्यवासायीले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिए ।

छोटे राजाहरुको आंतक बन्द गरौं, ‘कवाड व्यवसायीहरुको रक्षा गरौं’ लेखिएको ब्यानर बोकेका प्रदर्शनकारीहरुले काठमाडौँ महानगरविरुद्ध चर्को नाराबाजीसमेत गरे । उनीहरुले ‘कवाडीमाथि डोजर आंतक बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, ‘कानूनी शासन लागू गर’ लेखिएका प्लेकार्ड देखाएका छन् ।

र्‍याली माइतीघरबाट बानेश्वरको लागि अगाडि बढदै गर्दा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि केही समय रोकिए पनि अहिले भने शान्तिपूर्ण रुपमा प्रदर्शन भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here