आँप खाँदै हुनुहुन्छ ? देखिन सक्छन् यी समस्या

एजेन्सी । गर्मी मौसमको सबैभन्दा राम्रो पक्ष भनेकै फलफूल नै हो । त्यसमा पनि अधिकांशको मनपर्ने आँपले त गर्मीमा मिठास थपिदिएको हुन्छ ।

आँप स्वादिलो मात्र होइन यसका अनेकौ फाइदाहरु पनि छन् । तर तपाँईलाई थाहा छ यसका केही बेफाइदा पनि छन् । जुन केही व्यक्तिहरुमा नकारात्मक रुपमा जरा गाडेर बसेको हुन्छ । आँपले केही सेन्सेटिभ छाला भएकाहरुमा डण्डीफोर तथा मुसा आउने सम्भावना हुन्छ ।

प्रख्यात पोषणविद् तथा आहारविशेषज्ञहरुका अनुसार आँपमा केही तत्व हुन्छन्, जसले छालामा पिम्पल अर्थात दण्डीफोर उत्पन्न गर्न सक्छ । त्यस्तै मुसाको पनि उत्तिकै जोखिम हुन्छ ।

विशेषज्ञका अनुसार आँपमा ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ, जसले रगतमा चिनीको मात्रा बढाउँछ । आँपमा प्राकृतिक सुगरले स्वादिलो हुन्छ यसले जसले इन्सुलिन प्रतिरोध र अनुहारलाई सुन्निने बनाउछ ।

आँपले सेबेसियस ग्रन्थिहरूलाई बढी तेल उत्पादन गर्न उत्प्रेरित गर्न सक्छ। जसले गर्दा अनुहारका छिद्रहरू बन्द हुन्छ र मुसा वा डण्डिफोर आउने सम्भभवना हुन्छ । आँप गर्मी पैदा गर्ने फल हो र यसैले, यसले शरीरको आन्तरिक ताप बढाउँछ जसले मुसालाई निम्त्याउँछ।

केही व्यक्तिहरूलाई आँपमा हल्का एलर्जी हुन सक्छ, जसले फेरि एक पटक छाला सुन्निन सक्छ । त्यसोभए गर्मी मौसममा डण्डीफोर तथा मुसाको समस्याको डर बिना कसरी आँपको आनन्द लिन सकिन्छरु विज्ञका अनुसार आँपमा धेरै मात्रामा खाँदा फाइटिक एसिड पाइन्छ ।

बदाम जस्ता धेरै ड्राइ फ्रुट्समा पनि यो पाइन्छ । त्यसैले यो फल खानुभन्दा एक घण्टा वा कम्तीमा २० मिनेटअघि पानीमा भिजाउनु नै यसको आनन्द लिने उत्तम उपाय हो ।

यस्तो विमारी भएकाले खानु हुँदैन आँप

युरिक एसिडको समस्या भएका मानिसले आँप नखानु नै बेस मानिन्छ । त्यस्तै रुघा लागिरहने समस्या भएका(साईनाईस) मानिसले आँप खाएमा रोग बल्झिने खतरा हुन्छ । आँपमा अत्याधिक पोषण हुने भएकाले तौल घटाईरहेका मानिसले आँप नखानु नै बेस हुन्छ । यसबाहेक मधुमेहका रोगीले पनि आँप खानु हुँदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here