अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति, अन्तर्वार्तामै गएनन् सर्टलिस्टमा परेका तीन जना

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचजनामध्ये दुईजनाले मात्र प्रस्तुती र अन्तर्वार्ता दिएका छन् । आइतबार ९ बजे राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सर्टलिस्टमा परेका पाँचजनालाई बोलाइएको थियो ।

छनौटमा परेका पाँच जनामध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि सिफारिस समितिलाई मन्त्रिपरिषदमा नाम पठाउने वा नपठाउने भन्ने अन्यौल भएको छ।

अन्तर्वार्तामा ५ मध्ये मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भए भने तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्स्चेन्जका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनुपस्थित भए।

सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । अर्थसचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here