बालेन शाह ब्राजिल प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल गएका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार बिहान २:१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन् ।

बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किनेछन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन । मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नवीन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए ।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here