६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सार्वजनिक गरेको हो। उनलाई गएराती काठमाडौंको बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३७ वर्षीय शेरब ग्याल्मो छन् ।

उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो।

बरामद भएको सुनको आधिकारिक तौल र परीक्षण गर्न बाँकी रहेको सिआइबीले जनाएको छ। उनी काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीले उनको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ।

प्रहरीका अनुसार, पक्राउ परेका ग्याल्मो ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here