युक्रेनमाथि रोमानियाको प्रभावशाली जित

एजेन्सी । जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत रोमानियाले शानदार सुरुवात गरेको छ ।

समूह ‘ई’ अन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनलाई ३-० गोलअन्तरले पराजित गर्दै रोमानियाले विजयी सुरुवात गरेको हो ।

रोमानियाको जितमा निकोले स्टानसियु, राजभान मारिन र डेनिस ड्रागसले एक-एक गोल गरे । निकोलेले २९ औँ मिनेटमा गोल गर्दै रोमानियालाई सुरुवाती अग्रता दिलाए भने राजभानले ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।डेनिसले ५७ औँ मिनेटमा गोल गर्दै रोमानियालाई शानदार जित दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here