एजेन्सी । युरोकपमा आज क्रिष्टियानो रोनाल्डोले इतिहास बनाउँदै छन् । पोर्चुगलले चेक रिपब्लिकसँग खेलेर युरोकपमा सुरुवात गर्दैछ। खेल राति पौने १ बजे हुनेछ।
रोनाल्डो प्रेरित पोर्चुगल र चेक रिपब्लिकबीच युरोकपमा सन् १९९६ यता यो चौथो भेट हुनेछ।
त्यसबेला पोर्चुगलमाथि हावी भएको चेक सन् २००८ मा ३–१ ले र २०१२ मा १–०ले पराजित भएको थियो। दुवैपटक रोनाल्डोले गोल गरेका थिए। रोनाल्डोले यो खेल खेल्दा छ पटक युरोकपमा खेल्ने पहिलो खेलाडी बन्नेछन्।