धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिस्टमा परेका ३ जनाले पुनः गरे अन्तरवार्ता बहिष्कार

काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सर्टलिस्टमा परेका ३ जनाले पुनः अन्तरवार्ता बहिस्कार गरेको छन् । बोर्डको अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई गत आईतबारका लागि अन्तर्वार्ता र प्रस्तुतिकरणमा बोलाको थियो । त्यसमा २ जना मात्रै उपस्थित भएपछी बोर्डले बाँकी ३ जनालाई पुनः अन्तरवार्ताका लागि आज बोलाईएको थियो । तर पून अन्तर्वार्ता बहिष्कार गरेका हुन् ।

समितिले ५ जनाको नाम सर्टलिस्टमा राख्दै आईतबार अन्तर्वार्ताका लागि बोलाएको थियो । अन्तर्वार्तामा बोलाएकामध्ये सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै उपस्थित भएका थिए ।

विभिन्न कारणले आईतबार प्रस्तुतीकरणमा उपस्थित हुन नसकेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा समिति ९हाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई कार्यपत्र प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बुधबार बिहान ९ बजे बेलाईएको थियो ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएकोमा अन्तिम ५ जना छनोट भएका हुन् । ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ । बोर्डमा गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here