गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस

काठमाडौं । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो । द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६० जना जोर्डनका नागरिक छन् ।

यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ । गत वर्ष गत वर्ष गर्मीकै कारण २४० जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका नागरिक थिए ।

साउदीले सबै यात्रुलाई छाताको प्रयोग गर्न सुझाव दिएको छ । यसबाहेक उनीहरूलाई लगातार पानी पिउन र घामबाट बच्न आग्रह गरिएको छ ।

यस वर्ष करिब १८ लाख जना हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here