रोकिराखेको ट्रकमा बस ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको वाग्मती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमुना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् ।

जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here