उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रामा ग्लोबल आइएमई बैंक

काठमाडौं, ६ असार । ग्लोबल आइएमई बैंक सम्पूर्ण नेपालीमाझ बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैंक भन्ने मूलनारा सहित २०६३ सालमा स्थापना भएको वाणिज्य बैंक हो ।

ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक हो । बैंकले देश भित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहेका नेपाली नागरिकहरूलाई बैंकिङ सेवा दिन विभिन्न मुलुकहरूमा बैंकको प्रतिनिधि कार्यालयहरू स्थापना गरेको छ ।

ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाको रूपमा बैंकिङ क्षेत्रलाई नेत्तृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले नविनतम सेवा तथा सुविधाहरूमा सार्वजनिक गरी बैंकको ग्राहकहरूलाई प्रविधिमा आधारित सेवाहरू प्रदान गरिरहेको छ ।

यस बैंकले सार्वजनिक गरी प्रदान गरीरहेको सेवाहरू आम बैंकिङ क्षेत्रका ग्राहकमाझ लोकप्रियतापछि अन्य वित्तीय संस्थाहरूले पनि उक्त सेवा तथा सुविधालाई अंगिकार गरेको देखिन्छ ।

यस बैंकले देश भित्रका विभिन्न अभियानहरूमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका माताहतका विभिन्न संस्थाहरू वा विदेशी संस्थाहरूसंग सहकार्य गर्दै आइरहेको छ । बैंकले वातावरणिय प्रदूषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधी संचालन गरिरहेको छ ।

बैंकले आफ्नो कार्यालय भित्र प्लाष्टिकजन्य वस्तुहरूको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैंक तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायहलाई यस अभियानमा लाग्न समेत आह्वान गरेको छ । साथै, बैंकले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पँहुच विस्तारको लागि पनि न्यूनतम् ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ । बैंकको ग्रीन आवास कर्जा योजना समेत संचालन गरेको छ ।

बैंकले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आर्कषण गर्नको लागि न्यूनतम् ब्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसंग ५६ मिलियन डलर ऋण लिई लैङिक तथा जलवायु फाइनान्सिङका क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस्ता कर्जाहरूको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्नेेछ ।

सन् २००७ मा वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरुआत गरेको बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ । बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट १,००० बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् ।

बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको ग्लोबल आइएमईले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रि अवार्डहरू समेत हात पारेको छ । यस्ता छन् बैंकले पाएका मुख्य अवार्डहरू ।

बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित

बैंक गत वर्ष युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको थियो । सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो । युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो ।

बेष्ट इन्टरनेट बैंक २०१६-नेपाल अवार्ड

ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स म्यागजिन’ द्वारा ‘बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल’ अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो

ग्लोबल आइएमई बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषामा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।

बैंकले आफ्ना ग्राहकहरू माझ सहज बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

ग्लोबल आइएमई बैंक बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो ।

‘ए’ रेटिङ

इक्रा नेपालले ग्लोबल आइएमई बैंकलाई ‘इक्रा एनपी आइआर ए’ रेटिङ दिएको छ । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here