विश्व किसान संगठनको सञ्चालकमा नेपालका पाठक निर्वाचित

काठमाडौं । विश्व भरका किसानहरूको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षसमेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।

पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् । विश्वभरका सक्रिय किसान संघ संगठनको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् ।

किसान र कृषि क्षेत्रको रुपान्तरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्च तह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व भएको हो ।

गरिबी निवारण, सानाकिसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधारसहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय पाठक इटालीको रोममा भएको विश्व किसान संगठनको महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here