डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग पराजित

एजेन्सी । युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ। बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १-० गोल अन्तरले पराजित भएको हो।

प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनुपरेको थियो। ५५ औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले गरेको आत्माघाती गोल खेलमा निर्णायक बन्यो। दुई खेलबाट ६ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ। इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ। यसैगरी अल्बानिया र क्रोएसियाको समान एक-एक अंक रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here