उपत्यकाबासीले आजदेखि मेलम्चीको पानी उपभोग गर्न नपाउने

काठमाडौं । काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी खान नपाउने भएका छ। मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आज देखि बन्द गर्न लागेसँगै पानी वितरण रोक्न लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको हो। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतरा बढेको छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरू भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here