सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ल्याइएको हो ।

नक्सालमा रहेको बैंकको प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सो योजना सञ्चालनमा ल्याएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले नयाँ योजना सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात भएको बताए। नयाँ योजनाले ग्राहकको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर नवीनतम सेवा प्रदान गर्न आफूहरू केन्द्रित रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here