आठ देशमा राजदूत सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्ले ८ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ।

घिमिरे उद्योग मन्त्रालयका पूर्वसचिव हुन्। प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। उनी विद्या भण्डारी राष्ट्रपति छँदा सल्लाहकार पनि भएका थिए।

यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here