मौसम र बाढीको जानकारी ‘११५५’ वाटै

काठमाडौं । मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । मनसुन भित्रिएसँगै परेको पानीले देशका धेरै नदी खोलामा बाढी आएको छ । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here