युरोकप: पोर्चुगल अन्तिम १६ मा

एजेन्सी । जर्मनीमा जारी युरोकप फुटबलमा गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको छ ।

पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

यो जितसँगै पोर्चुगल दुई खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, चेक रिपब्लिक र जर्जिया १–१ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here