रोनाल्डो युरोकपको इतिहासमै सर्वाधिक एसिस्ट गर्ने खेलाडी

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोकप फूटबल प्रतियोगिताको इतिहासमै सर्वाधिक एसिस्ट (गोलका लागि अन्तिम सहयोग) गर्ने खेलाडी बनेका छन् ।

जर्मनीमा जारी युरोकपअन्तर्गत शनिवार राति टर्कीविरुद्धको खेलमा १ एसिस्ट गरेसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले पोर्चुगलका लागि तेस्रो गोल गरेका थिए । अब रोनाल्डोको नाममा ८ एसिस्ट भएको छ । युरोकपमा सर्वाधिक गोलको कीर्तिमान पनि रोनाल्डोकै नाममा छ । उनले १४ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here