बेल्जियमको पहिलो जित, रोमाञ्चक बन्यो अंक तालिका

एजेन्सी । युरोकप फुटबलमा बेल्जियमले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘ई’ को खेलमा रोमानियालाई २–० गोलले हराउँदै बेल्जियम विजयी भएको हो ।

बेल्जियमको जितमा युरी टिलेमन्स र केभिन डी ब्रुएनाले एक–एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा टिलेमन्सले बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । योसँगै समूह ‘इ’ सबै ४ टिमको समान १-१ जित भएको छ। अब अन्तिम चरणकाे खेलले प्रि-क्वाटरफाइनल पुग्ने टिमको तय हुने छ।

समान दुई खेलबाट रोमानिया, बेल्जियम, स्लोभाकिया र युक्रेनको समान तीन अंक छ। अब, अन्तिम १६ पुग्ने टोलीको टुंगो अन्तिम खेलबाटै लाग्ने छ। अब अन्तिम खेलमा स्लोभाकिया र रोमानिया तथा बेल्जियम र युक्रेन भिड्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here