अफगानिस्तानको ऐतिहासिक जित

एजेन्सी । आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासिक जित हात पारेको छ। एर्नोस भेले ग्राउन्डमा भएको खेलमा अष्ट्रेलियाकालाई २१ रनले हराउँदै अफगास्तिानले सुपर ८ मा आफ्नो पहिलो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनायो। १४९ रनको लक्ष्यसहित मैदान उत्रेको अष्ट्रेलियाकाले खराब प्रदर्शन गर्दै निर्धारित ओभरको ४ बल बाँकी छदै अल आउट भएर १२७ रन मात्रै बनाउन सक्यो।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक/एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here