जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रवि लामिछानेले व्यावसायिक साझेदार राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्नबाहेक बाँकी के छ र भन्दै मिडियामा बिस्कुन लगाइएको बताए ।

“लोकसेन पत्ता लाग्यो भनेर माइकबाट फुक्नु भनेको अभियुक्त पत्ता लगाउने नयाँ शैली हो कि केटाकेटीपन हो वा भगाउने नियत हो ?,” उनले प्रश्न गरे ।

उनले अगाडि भने, “जीबी राईको लोकसेन हैन, जीबी राई चाहिएको हो । लोकसेन पत्ता लागेको चार दिन भयो, लोकेसन पत्ता लागेपछि पनि चार दिन किन लाग्छ पक्राउ गर्न ?” महामन्त्री शर्माले मलेसियाबाट राईलाई ल्याउन कुनै सुपुर्दगी सन्धि नचाहिने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here