जर्मनी र स्वीट्जरल्याण्ड युरोकपको नकआउट चरणमा

एजेन्सी । जर्मनी र स्वीट्जरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । गएराति सम्पन्न समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीट्जरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।

यस खेलमा निकोलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यसअघि स्वीट्जरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीट्जरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here